पोर्चुगल युरोकप फुटबलको फाइनलमा



portugal1

पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति फ्रान्सको लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो।

पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरे । पहिलो हाफामा गोल रहित बराबरी टुङ्गिएको खेलमा दोस्रो आफको सुरुवातमै रोनाल्डोको सुन्दर हेड गोल मार्फत पोर्चुगलले अग्रता लियो । ५० औं मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् । त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

बलमा नियन्त्रण पोर्चुगलको भन्दा वेल्सको केही बढी रहेपछि वेल्सका खेलाडीले गोल गर्ने अवसर सृजना गर्न सकेनन् र पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनन् ।

वेल्सले ५० औं मिनेटसम्म वेल्सले पोर्चुगललाई दबाबमा राखेको थियो । तर त्यसपछि खेल पोर्चुगलको पक्षमा गयो । वेल्सका ग्यारेथ बेलले पहिलो हाफमा एक पटक पोस्ट प्रहार गरेका थिए, तर त्यो गोलमा परिणत हुन भने सकेन ।

पोर्चुगल योसँगै दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००४ मा घरेलु मैदानमा भएको खेलमा पनि पोर्चुगल फाइनलमा पुगेको थियो । तर ग्रिससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो । पोर्चुगलले अब फाइनलमा बिहीबार राति हुने फ्रान्स र जर्मनी बिचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News