एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु


 


२१ भदौ सिन्ह्वा

काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यो जानकारी दिनुभएको छ ।
उहाँले सैनिक तथा गैह्रसैनिक कर्मचारीहरुले राष्ट्रसंघमार्फत् पु¥याएको योगदान कहिल्यै भूल्न नसकिने खालको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हाम्रा सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्दछ । ”
मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले आफुहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख गर्नुभयो ।

राष्ट्रसंघीय कर्मचारीहरुले संसारको सेवा गरेको र धेरै कुराको गुमाउनु परेको पनि महासचिव गुर्टेरेसले बताउनुभयो ।
अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण कामहरु राष्ट्रसंघीय कर्मचारीहरुले गर्नु परेको पनि उहाँले कर्मचारी दिवसमा अवसरमा चर्चा गर्नुभयो ।
–––

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्