काेट र हसनपुरमा प्रहरी चाैकी स्थापना


 


भाेजपुर, साउन ६

यहाँकाे दुर्इ गाविसमा प्रहरी चाैकी स्थापना भएकाे छ । सदरमुकाम नजिकैकाे काेट गाविस र दक्षिणी क्षेत्रकाे हसनपुर गाविसमा प्रहरी चाैकी स्थापना भएकाे हाे । चाैकी स्थापनाका लागि नेपाल सरकार मन्त्री परिषदको २०७२ असाेज १४ गतेकाे बैठकमा निर्णय भएकाे थियाे ।

कोट गाविस ५ मा कार्यालय रहने गरी मिति २०७३ असार २२ गते स्थापना गरी काम कारबाही सुचारु गरिएको छ भने हसनपुर गाविस ५ स्थित जनसेवा मा.बि.को पुरानो भवनमा कार्यालय रहने गरी २०७३ साउन ३ गतेबाट हसनपुरमा काम कारबाही सुचारु गरिएको भाेजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले जानकारी दिए । यी ठाउँका स्थानीयले लामाे समयदेखी प्रहरी चाैकीकाे माग गर्दे अाएका थिए । प्रहरी चाैकी स्थापना भएपछि स्थानीयवासी खुसी भएका छन् ।

 

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्