गाउँपालिकाका अध्यक्षलाई लक्षित गरि गोली प्रहार


 


अछाम, भदौ ३०
अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँदलाई लक्षित गरि गोली प्रहार भएको छ ।

गाउँपालिकाका केन्द्र मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेका बेला साउँदलाई लक्षित गरि गोली प्रहार भएको हो । गोली हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

गोली भुईमा लाग्दा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए । गोली हान्ने व्यक्तिको खोजी भइरहेको उनले बाए ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्