भारतको आन्ध्र प्रदेशमा ढुंगा डुब्दा ११ जनाको मृत्यु


 


एजेन्सी
भारतको आन्ध्र प्रदेशको गोदावरी जिल्लामा भएको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको देवीपट्टनम कच्चलुरु गाउँमा डुंगा दुर्घटना भएको हो ।

६१ जना सवार रहेको डुंगामा अधिकांश पर्यटक रहेको राज्यको प्रकोप व्यवस्थापन विभागले जनाएको छ । मानिसहरु गोदावरी नजिकैको पापीकोंडालु पहाडमा घुम्ने जाँदै थिए ।

डुंगामा २० जनाले लाइफ ज्याकेट लगाएका थिए । उनीहरु स्थानीयको सहयोगमा किनारसम्म आएर बाँच्न सफल भए ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्