भारतीय राष्ट्रपति सवार विमान ठूलो दुर्घटनाबाट जोगियो, विमानमा देखियो यस्तो खतरनाक समस्या


 



एजेन्सी,
भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । उनी चढ्दै आएको एयर इन्डियाको बिमान दुर्घटनाबाट जोगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी युरोपियन मुलुकहरुको भ्रमणमा रहेका बेला विमान एक्कासी राडार फल्टको देखिएपछि अवतरण गरिएको थियो । विमानमा देखिएको समस्या निकै ठूलो समस्या मानिन्छ ।

राडार फल्ट भन्ने वित्तिकै विश्व उडान जगतमा ठूलै समस्याका रुपमा हेरिन्छ । अहिलेसम्म भएका ठूला दुर्घटना यही समस्याका कारण भएको तथ्यांक छ । यदि कुशल चालक नभएको भए विमान टुक्राटुक्रा हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्