गेष्ट हाउसमा बसेका विदेशी पर्यटकको मृत्यु, अन्य पर्यटक पनि विरामी


 



काठमाडौं, भदौ ३१
सोलुखुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । सोलुमुख्बुको भ्रमणमा आएका केन्याली पर्यटकक ३३ वर्षीय गोविन्द लखमनको मृत्यु भएको हो ।

आइतबार माहाकुलुङ गाउँपालिकाको १ थाङनेस्थित एक गेष्ट हाउसमा बसेका आठ जना पर्यटकहरुमध्ये लखमनको मृत्यु भएको हो । गेष्ट हाउसमै विरामी भई उनको मृत्यु भएको हो । अन्य सात जना पनि विरामी परेको प्रहरीले जनाएको छ ।

मृतक र विरामी सातै विदेशी पर्यटकसहित एक जना गाईलाई उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्याइएको जनाइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्