फ्रुटीमा बिष मिसाएर ख्वाउन खाेज्दा…


 


भाेजपुर, साउन १३

फ्रुटीमा बिष मिसाएर हत्या गर्न खाेजेकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ परेका छन् । भाेजपुरकाे षडानन्द नगरपालिका २ मा बस्ने ३५ बर्षिय रूद्रबहादुर विकले यही १० गते साेही ठाउँका अाफ्नै ससुरा बेलनबहादुर विककाे घरमा रियो फ्रुटीमा सुपर साईवैर २५ नामक  बिषादी सिरीन्जद्धारा हाली भान्छामा राखेका थिए ।

भान्सा घरमा राखेकाे फ्रुटी विककी बुहारी बर्ष अप्सरा बिक ले भेटाई खांदा बिष भएको पत्ता लागेपछी रुद्र बहादुर बिकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रकाउ परेका विकलार्इ  ज्यान मार्ने उद्योग अन्तरगत म्याद  थप गरी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।

 

प्रकाशित मिति: १३ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्