अरिङ्गालले लियो बृद्धको ज्यान


 



अछाम, असोज १३
अछामको चौरपार्टी गाउँपालिकामा अरिङ्गालको टोकाईबाट बृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ का ७८ वर्षीय विष्णुदत्त भण्डारीको ज्यान गएको हो ।

अरिङ्गालको टोकाईबाट घाइते भएका भण्डारीको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिए । घर नजिकै भैसी चराइरहेका भण्डारीलाई अरिङ्गालले टोकेको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्