सभामुख महरामाथि लागेको बलात्कार आरोपबारे बोले गगन थापा, राखे यस्तो माग


 



काठमाडौं, असोज १४
नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलाकार आरोपबारे छानविन हुनुपर्ने माग राखेका छन् ।

पार्टी कामको सिलसिलामा बुटवल पुगेका थापाले विहान आयोजित पत्रकार सम्मेलनमा सभामुखमाथि लागेको आरोपबारे छानविन गर्नुपर्ने बताए । उनले महरालाई आफ्नो पदबाट राजीनामा दिएर छानविनमा सहज वातावरण बनाउन सुझाव दिए ।

सञ्चार माध्यममा आएको विषय गम्भीर रहेको भन्दै उनले सभामुखले पद भन्दा बाहिर बस्नुपर्ने बताए ।

सभामुखमाथि लागेको आरोप सिंगो राष्ट्रको प्रतिष्ठासंग पनि जोडिएको विषय भन्दै उनले यसले आफूलाई पनि स्तब्ध बताएको बताए । उनले यो विषयलाई ढिसमिस गर्ने खालको काम नगर्न पनि सुझाव दिएका छन् ।

यो घटनामा जोसुकै दोषी भटिएपनि कारबाही हुनुपर्ने बताए । ‘यो गम्भीर घटना हो,’ उनले भने, ‘सभामुख वा महिला जो दोषी देखियो कारबाही हुनुपर्छ ।’ सभामुख दोषी देखिएमा पनि नागरिकसरह कारबाही हुनुपर्ने माग उनले राखे ।

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्