बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, गाडी ‘व्याक’ गरेर मारेको आरोप


 


काठमाडौं, असोज १५
ललितपुरको सुनाकोठीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

लगनखेलबाट लेले गइरहेको बा४ख ८६५० नम्बरको बसको ठक्कबाट बाटो काटिरहेका ७० वर्षीय रुकु कार्कीको मृत्यु भएको महानगरीय परिसर ललिपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीकाअनुसार पैदल यात्रु कार्कीलाई बस चालकले गाडी व्याक गरेर मारेका हुन् । स्थानीयले पनि यस्तै आरोप लगाएका छन् ।

स्थानीयले शव उठाउन दिएका छैनन् । बस चालक र सहचालक भने फरार भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्