फोरजी सेवाबाट उपभोक्तालाई राहत मिल्नेछ– मुख्यमन्त्री राई


 


विराटनगर, असोज १५
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईसँग प्रत्यक्ष सम्वाद गरेर नेपाल टेलिकमको पूर्व क्षेत्रको सेवा फोर जी आज यहाँ शुभारम्भ गर्नु भएको छ । पूर्वनिर्धारित समय ५ः२० को सयममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शेरधन राईसँग कुराकानी गर्नु भयो ।

मुख्यमन्त्री राईले नेपाल टेलिकमको तीव्र गतिमा सञ्चालन हुने फोरजीबाट उपभोक्तालाई राहत मिलेको बताउनुभएको छ । उहाँले आफू सूचना तथा सञ्चार प्रविधि मन्त्री भएकै समयमा फोरजी सेवा सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै नेपाललाई डिजिटल प्रविधिमा लैजान यो सेवाले मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राईले यो सेवा सञ्चालन गर्दा आम उपभोक्तामा सेवा प्रवाहमा कुनै समस्या हुन नदिन टेलिकमले संवेदनशील हुने पर्ने चर्चा गर्दै डिजिटल प्रविधिको प्रयोगबाट प्रदेश नं.१ का सबै शिक्षा, स्वास्थ्य र कृषि जस्ता सरकारी निकायका प्रमुखहरुलाई जवाफदेही तथा उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक रामप्रसाद शर्मा र प्रबन्धक राजेन्द्र महर्जनले आम उपभोक्ताको मागलाई यो सेवाले उत्साहित बनाएको चर्चा गर्नु भयो ।

पूर्व क्षेत्रमा नेपाल टेलिकमका उपभोक्ता करिव १४ लाख रहेको र यसकालागि टेलिकमले १३७ नयाँ सहति ८५३ स्थानमा टावर जडान गरेको छ ।

विगतमा तेस्रो पुस्ताका भनिएका थ्रीजीको रफतार ३० एमवीपीएस थियो भने अहिले फोर जीको रफतार २५० एमवीपीएस रहने इन्जिनियर सुजित मल्लले जानकारी दिनु भयो ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्