महरा प्रकरणको नाटकीय रुप : यसकारण नहुने भयो महरामाथि छानविन !


 


काठमाडौं, असोज १६
यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको प्रहरी छानविन रोकिने भएको छ । आरोप लगाउने महिलाले यौन दुव्र्यवहारको उजुरीको साटो आफू डिप्रेसनको विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएपछि विषयले नयाँ मोड लिएको हो ।

पीडित भनिएकी महिलाले महानगरिय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसनको विरामी भएको भन्दै मिडियामा आएको समाचार आफूलाई जानकारी नभएको भन्दै निवेदन दिएकी छिन् । उक्त निवेदनसँगै घटनाले नाटकिय रुप लिन लागेको छ ।

यो विषय छिन छिनमा नयाँ नयाँ मोडमा पुग्ने गरेको छ । सोमबार राति आफ्नो कोठामा आएर महराले बलत्कार प्रयार गरेको आरोप लगाएकी महिलाले अहिले पुन आफ्नो कोठामा महरा नआएको र महरा आफ्नो पिता समान रहेको बताउन थालेकी छन् ।

महराले यो विषय उठेपछि मंगलबार पदबाट राजिनामा दिइसकेका छन् । भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महरालाई राजिनामा दिन सुझाव दिएको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्