पौडी खेल्नेक्रममा दुई किशोरीको मृत्यु


 



दाङ, असोज १७
दाङमा स्थानीय खोलामा पौडी खेल्नेक्रममा दुई किशोरीको मृत्यु भएको छ ।

विहीबार साँझ स्थानीय सिमलसोता खोलामा पौडी खेल्नेक्रममा लमही नगरपालिकाका–९ की १४ वर्षीया टिका घर्ती र घोराही नगरपालिका–१० कि १५ वर्षीया निरु वोहराको मृत्यु भएको हो ।

पौडी खेल्दा खेल्दै डुबेका दुबै जनालाई प्रहरी र स्थानीयले उद्दार गरेर लमही अस्पताल पर्याएको थिए।

तर, उनीहरुको उपचारकै क्रममा मृत्यु भएको दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए । उनीहरु दुवै जना कक्षा ९ मा अध्ययनरत थिए ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्