दशैंमा कस्तो हुन्छ मौषम ? यस्तो छ तीन दिनको मौषम अनुमान


 



काठमाडौं, असोज १७
मौषमविद्काअनुसार अहिलेसम्म मनसुन पूर्ण रुपले सकिएको छैन । जसले गर्दा दशैंमा क्षणिक वर्षा हुने सम्भावना छ ।

मनसुन दिनदिनै कमजोर भने हुँदै गएको मौषमविद् विभूति पोखरलले बताए । उनकाअनुसा सामान्य, क्षणिक वर्षाबाहेक ठूलो पानी पर्दैन ।

कुनै ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना पनि रहेको छ । उहाँकाअनुसार भारतको पूर्वी उत्तर प्रदेश तथा विहार आसपासमा न्यून चापीय प्रणाली छ ।

त्यसको न्यून चापीय प्रणाली बंगलादेशि आसपास छ । यसैकारण नेपालको मौषममा सामान्य प्रभाव परेको हो । दशैंमा विशेषगरि मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।

तीन दिनको मौषम अनुमान

मौषम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनको मौषम अनुमान निकालेको छ । मौषम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनको मौषम अनुमान निकालेको छ ।

जसअनुसार आज दिउँसो देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भू–भागमा आंशिक बदली हुनेछ । मध्ये तथा पूर्वी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाहुने सम्भावना छ । पश्चिममा भागमा पनि केही स्थानमा पानी पर्ने छ ।

शनिबार दिउँसोको अवस्था हेर्दा देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनेछ । राति देशका मध्य तथा पूर्वी भागमा आंशिक देखि सामान्य वर्षा हुनेछ ।

आइतबार अर्थात नवमीको दिन दिउँसो देशका मध्य तथा पूर्वी भागमा पनि आंशिकदेखि मध्यम खालको वर्षा हुनेछ । राति भने देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुनेछ ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्