नेपाल खबरका सम्पादक ढुंगाना दुर्घटनामा परेर घाइते


 


उनलाई मोटरसाइकलले ठक्कर दिएको हो । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको टाउको गम्भीर चोट लागेको नेपाल खबरले जनाएको छ ।

उनलाई त्रिपुरेश्वरको प्रहरी बीट अगाडि जेब्राक्रसबाट बाटो काटिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्