चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला त्रिभुवन विमानस्थल कतिबेलादेखि कतिबेलासम्म बन्द हुन्छ ? (तालिका सहित)


 


काठमाडौं, असोज २४
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ । सीको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ ।

यस निम्ति विमानस्थल साढे २ घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ ।

विमानस्थलमा अवतरण गरेपछि सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्