तीन हप्ता ढिलो गरि मनसुन बाहिरियो, अब तापक्रम घट्दै जाने


 



काठमाडौं, असोज २५
आजदेखि मनसुन बाहिरिएको छ । गएको असार पहिलो साता भित्रिएको मनसुन आजदेखि बाहिरिएको हो । यससंगै आजदेखि मनसुन सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष मनसुनको आगमन औसत भन्दा १० दिन ढिलो भएको थियो । मनसुन बाहिरिएसंगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले बताए ।

उनकाअनुसार सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गते नै मनसुन बाहिरिनुपर्ने भएपनि यो वर्ष झण्डै तीन हप्ता ढिलोगरि मनसुन बाहिरिएको हो ।

पहाडका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेपनि अन्य ठाउँको मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्