द्वन्द्वपीडितका परिवार सम्मानित


 


भोजपुर, २१ साउन

भोजपुर नगरपालिकामा रहेका आठजना द्वन्द्वपीडितका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बिहीबार भोजपुर नगरपालिका नगरस्तरीय शान्ति समितिले राज्य पक्ष तथा विद्रोही पक्षबाट बेपत्ता र मारिएकाका परिवारलाई सम्मान गरेको हो । समितिले राज्यपक्षबाट बेपत्ता पारिएका भोजपुर नगरपालिका–४ का गम्भीरमान योञ्जन र मारिएका भोजपुर नगरपालिका–१० का जगन्नाथ नेपाल र भोजपुर नगरपालिका–१ का मनोज बोगटीको परिवारलाई सम्मान गरेको हो ।

त्यसैगरी, विद्रोही पक्षबाट मारिएका भोजपुर नगरपालिका–४ का लोकबहादुर प्रधान, वडा नंं ८ का राजन खत्री र वडा नं ११ का सञ्जीव श्रेष्ठको परिवारलाई पनि समितिले सम्मान गरेकोे छ । त्यस्तै, नेपाल प्रहरीमा रहेका बेला विद्रोही पक्षबाट मारिएका भोजपुर नगरपालिका–३ का दाजुभाइ फुर्वाछिरिङ तामाङ र नुर्वुछिरिङ तामाङको परिवारलाई पनि सम्मान गरेको नगरपालिकाका कार्यकारी अधिकृत तुलराज थापामगरले जानकारी दिनुभयो ।

सबै द्वन्द्वपीडित परिवारलाई जनही रु एक हजार ५०० नगदसहित खादा ओढाएर सम्मान गरिएको छ । सोही क्रममा द्वन्द्वपीडित फुर्वाछिरिङका दुई छोरालाई रु पाँच÷पाँच हजारका दरले छात्रवृत्तिसमेत वितरण गरिएको थियो । रासस

प्रकाशित मिति: २१ श्रावण २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्