सबैलाई आश्चर्यमा पार्दै पारस खड्काले छाडे राष्ट्रिय टोलीको कप्तानी



काठमाडौं, असोज २८

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले फेसबुकमार्फत कप्तानको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् । कप्तानबाट अलग भए पनि राष्ट्रिय टिममा रहेर पारसले अझै केही समय खेल्नेछन् । पारसको निर्णयले खेल पदाधिकारी, खेलाडी र फ्यानहरु आश्चर्यमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन ससर्त फुकुवा गरेको भोलिपल्टै खड्काले राजीनामाको घोषणा गरेका हुन् । साथै उनले निलम्बन फुकुवाको स्वागत समेत गरेका छन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले उल्लेख गरेका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News