नयाँ युवतीसँग पूर्वयुवराज पारसको प्रेमलिला ! को हुन यी ‘हट गर्ल’ ?


 


काठमाडौं, असोज २८

आफ्ना अनेक हत्कण्डाले विवाद र चर्चामा आइरहने पूर्वयुवराज पारस शाह नयाँ युवतीसँगको अस्वभाविक हिमचिमले चर्चामा आएका छन् । घरकी लक्ष्मी अर्थात पूर्वयुवराज्ञी हिमानीसँग सम्बन्ध विगारेर यसअघि थाई युवतीसँगको सम्बन्धले बद्नाम भएका पारस अब नेपाली ‘हट गर्ल’सँगको सम्बन्धले फेरि चर्चा र विवादमा तानिएका हुन्। पारस तीन छोराछोरीका पिता पनि हुन् । तर उनी अल्लारे केटाजसरी केटी फेर्दै हिँड्ने बानीमा सुधार ल्याएका छैनन् ।

टिकटकमा पूर्वयुवराज पारस शाहको भाइरल एउटा भिडियोमा युवती बोकेको दृश्यले बजार पिटेको छ । भिडियोमा पारस ती युवतीलाई बोकेर हिड्छन् । त्यसअगाडि आफ्ना समर्थकसँग ‘वाद’ले नेपालीलाई छुट्याउने भन्दै राजावादी नभन्न आग्रह गर्दै देखिन्छन्, साथै सबै जना नेपाली भएको बताउँछन् ।

‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारस भन्छन् । त्यसपछि एक युवती परबाट आउँछिन् र मोटरसाइकलमा चढ्छिन् । पारस अगाडि बढ्छन् ।

पारससँग हिमचिम बढाउने युवती को हुन्?

पारसले हिमचिम बढाएकी युवती हुन् युट्युवर सोनिका रोकाया । उनी आफूलाई मोडल पनि दाबी गर्छिन् । युट्यूवमा उछृङ्खल र अश्लील संवादको व्यापार गर्ने उनको विशेषता हो । उनी पछिल्लो समय पारससँग बारम्बार देखिँदै आएकी छिन् । बजारमा पारस र उनीबीच प्रेमलिला चलेको चर्चा हुन थालेको छ । यद्यपि यसबारे दुबैले मुख खोलेका छैनन् ।

यसअघि पारस सोनिकासँग एक नाइट क्लवमा देखिएका थिए । त्यतिमात्रै होइन सोनिकासँगको केही टिकटक भिडियो समेत सार्वजनिक भएको थियो । जसरी पनि चर्चामा आउने सोनिकासँग पारसको सम्बन्ध अथवा मित्रता कति टिक्छ त्यो हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्