अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन सकेन


 


arunसङ्खुवासभा, साउन २७ । जिल्ला स्थित कोशी ल्हाशा मुख्य सडक अन्र्तगत नुम गाविस र पाथीभरा गाविसको सीमनामा पर्ने फक्सीन्दा स्थित अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन सकेको छैन । यातायत सञ्चालन नहुदाँ बैकल्पीक ढुवानीका लागि खच्चड प्रयोग हुने गरेको छ ।

धरान, धनकुटा, बसन्तपुर, मुडेनिश्चरे, चैनपुर, खाँदबारी हुदै नुम बजारबाट अरुण दोभनसम्म दैनिक रुपमा माल बाहक तथा यात्रु बाहक यातायतका साधन विगत देखि नै सञ्चालनमा आईरहेको छ । फक्सीन्दा स्थित अरुण पारी पाथीभरा गाविसको उवासम्म कच्ची सडक निर्माण भईसकेको छ । अरुण नदीमा पुल नहुदाँ पाथीभरा, पावाखोला, हटिया, चेपुवा, किमाथाङ्का गाविसका जनताहरुले दैनिक उपभोग्य बस्तु खच्चडबाट ढुवानी गरीरहेका छन् ।

नुम गाविस र पाथीभरा गाविसको सीमनामा पर्ने फक्सीन्दा स्थित अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन नसक्दा वैकल्पीक ढुवानीका लागि खच्चड प्रयोगमा आउने गरेको छ । दैनिक उपभोग्य बस्तु खच्चडबाट ढुवानी गरी भोटखोलाबासीहरुले दैनिक उपभोग गर्दै आएको स्थानीयहरु बताउछन् ।

मालबाहक साधन सञ्चालन नहुदाँ दैनिक उपभोग्य बस्तु ढुवानी गर्न खच्चडबाट गर्ने हुदाँ वैकल्पीक रुपमा खच्चडबाट सामान ढुवानी गर्दा उपभोग्य बस्तु मूल्यमा समेत बृद्धि भएको छ । मुल्यमा बृद्धि हुदाँ स्थानीबासी लगायत विद्यार्थीहरुले चर्को मार खेप्नु परेको स्थानीयहरु बताउछन्

यात भोटखोलाबासीलाई मात्र होईन सित्तलपाटी गाविस र भोजपुर जिल्लाको कुलुङ्ग गाविस विचमा पर्ने अरुण नदीमा पनि पक्की पुल नहुदाँ जिल्लाका बाला, सिसुवाखोला, ताम्कु, माङ्तेवा, याफु, मकालु गाविस र छिमेकी जिल्ला भोजपुरका कुलुङ्ग, चौकीडाँडा लगायतका अन्य गाविसका स्थानीयबासीहरुले पनि खच्चड प्रयोग गरी दैनिक उपभोग्य सामान ढुवानी गर्ने गरेकाछन् ।

स्थानीय जनताहरुले ठुलो सास्ती खेपीरहेता पनि जिल्लामा भने बार्षिक रुपमा करोडौ करोड रुपैयाँ बजेट त्यसै फ्रिज भएर जाने गरेको पाईन्छ ।

प्रकाशित मिति: २७ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्