सन्दीप लामिछाने दुबईमा हुने टि–१० लिगमा अनुबन्ध, पारिश्रमिक ४५ हजार डलर



काठमाडौं, असोज ३०

नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने युएईमा हुने टि–१० क्रिकेट लिगमा अनुबन्ध भएका छन्। युनाइटेड अरब इमिरेट्स (युएई) अर्थात दुबईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगितामा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्।

उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन्। सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ। कर्नाटक टस्कर्समा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला र प्रशिक्षक टम मुडी छन्। सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमयर लिग र अन्य थुप्रै अन्तर्राष्ट्रिय गेम खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News