Deshko News
१४ आश्विन २०८०, आइतबार

कार्टुन क्रु को ‘कु कु कु’को म्युजिक भिडियो सार्वजनिक (भिडियो)



पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको कु कु कु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ ।

कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ । द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।

बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News