नेपालमै छ दाइजोको रुपमा भालु र सर्प दिने चलन, अशंमा पनि त्यही


 



सिरहा, कार्तिक ३
तपाईलाई अचम्म लाग्न सक्छ कि छोरीलाई विवाहमा दाईजोको रुपमा भालु र सर्प दिने चलन सुन्दा ।

यति मात्रै होइन अशंबण्डा गर्दा पनि भालु र सर्प दिइने गरिन्छ । तर, यो यथार्त हो, त्यो पनि नेपालकै सिरहा जिल्लामा । हामी सबैले विवाहमा सामान्यतया छोरीलाई विवाहमा गरगहना, सत्ताकपडा, भाडाकुडा दिने चलन छ । तर, यो कानुनतः उचित होइन ।

नेपालकै सिराह जिल्लामा मस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोका रुपमा भालु र सर्प दिने गर्छन् ।

सिरहाका साविरले भालु नै अंश पाए । उनीहरुले भालुलाई नाँचन सिकाएर गाउँ सहरमा देखाउँदै पैसा कमाउने गर्छन् । उनले पनि अंशको रुपमा भालु नै पाएका थिए । तराईमा बस्ने नट समुदाय अल्पसंख्य जातिमा पर्छ ।

यो जातिकाले सर्प पनि बादरलगायतलाई पालेर चटक देखाए्र पैसा कमाउने गर्छ । पछिल्लो समय शिक्षाको विकाससंगै विस्तारै यो चलन कम हुँदै गएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्