सन्दीपले पाए अहिलेसम्मकै महंगो पारिश्रमिक, डेढ करोडमा ‘द हन्ड्रेड’ खेल्ने



काठमाडौं, कात्तिक ३

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा आफ्नो टिममा अनुबन्ध गरेको हो । योसँगै सन्दीपले एक करोड ४६ लाखभन्दा बढी नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन् ।

सन्दीपसँगै यो टिममा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिता सन् २०२० मा हुनेछ । यो संसारको प्रतिष्ठित प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News