ट्रेनका अगाडि लडेर पनि बाँचिन यी महिला


 



काठमाडौं, कार्तिक ६
अर्जेन्टिनाको राजधानी व्युनोर्स आयर्समा तीब्र गतिको ट्रन अगाडि लडेपनि महिला बाँच्न सफल भएकी छन्।

एक जना पुरुष बेहोस् भने लडेपछि उनको धक्काले महिला ट्रनको अगाडि लडेकी थिइन् । ट्रनकै लेनमा खस्दा महिला बेहोस् भइन् । त्यति नै बेला तीब्र गतिको ट्रन आयो ।

तीब्र गतिमा ट्रन आइरहेकाले महिला खस्ने वित्तिकै उनलाई उठाउन कोही जान सकेनन्, बरु टाढैबाट ट्रनलाई संकेत गरेर ब्रेक लगाउन आग्रह गरे । महिलाकै अगाडि आएर ट्रेन रोकियो ।

पछि महिलालाई उठाएर उपचारका लागि अस्पताल लगियो । यो घटना मंगलबार मात्रै भएको हो ।

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्