विद्यालय व्यवस्थापन समिति गठन


 


भाेजपुर, भदाै ३

सानोदुम्मा माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार गत महिना जिल्ला शिक्षा कार्यालय भोजपुरबाट निर्देशन भए बमोजिम अभिभावकहरुको भेलाद्वारा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

ऐनमा व्यवस्था भए बमोजिम अभिभावकहरुको भेलाद्वारा चारजना पदाधिकारीहरु सर्वसम्मत छनौटमा परेका हुन् । यसरी छनौटमा पर्नेहरुमा बिनोद राई सानोदुम्मा–३, कीर्तिराम राई सानोदुम्मा–१, राममाया तामाङ सानोदुम्मा–५ र टिकाकुमारी तामाङ सानोदुम्मा–६ रहेका छन् ।

त्यसैगरी अन्य पदाधिकारीहरुको मनोनयन आगामी आइतबार बस्ने बैठकद्वारा अध्यक्ष समेतको चयन गरी समितिलाई पूर्णता प्रदान गरिने प्रधानध्यापक अर्जुन राईले जानकारी  दिए ।  यसै विच वीद्धेश्वार उच्चा मावि गोगनेको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठनका लागि कार्य समिति चयन गरेको छ ।

शुक्रबार भएको भेलामा जिल्ला शिक्षा कार्यलय भोजपुरका प्रतिनिधि स्रोत व्यात्ति रामप्रीत यादवको प्रमुख आतिथ्य रहेको थियो । चयन भएका पधाधिकारीको वैठक आइताबार बसी ३ जना पधाधिकारी मनोनयन गरी पधाधिकारीको पुर्ण बैठकले विद्यालय व्यवस्थापन समिति चयन गर्ने विद्यालयका प्रधानध्यापक दिपककुमार बुढाथोकीले बताए ।

प्रकाशित मिति: ३ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्