म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसंग ‘डेटिङ’मा गएपछि…



एजेन्सी
म्याक्डोनल्ड्सका प्रमुख कार्यकरी स्टिभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ । एक कर्मचारीसंग प्रेम सम्बन्ध राखेको र ‘डेटिङ’ गएको थाहा पाएपछि म्याक्डोनल्ड्सले प्रमुख कार्यकारीलाई पदबाट हटाएको हो ।

अमेरिकी प्रसिद्ध रेष्टुराँको सञ्चालनले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भएपनि नीति उल्लङ्घन गरेको लागेको छ । कर्मचारीलाई पठाएको इमेलमा ब्रिटिश नागरिक इस्तरबु्रकले आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार्दै त्यो गल्ती भएको बताएका छन् ।

५२ वर्षीय इस्टरबु्रकले श्रीमतीसंग सम्बन्धविच्छेद गरिसकेका छन् । सन २०११ मा उनले म्याक्डोनल्ड्स छोडेर पिज्जा एक्सप्रेसका र त्यसपछि सन् २०१३ मा क्याकडोनल्ड्समा फेरि फर्कुनअघि खाना सम्बन्धी एसियाली सञ्जाल बागामामाका प्रमुख थिए ।

त्यसपछि उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । सो कम्पनीको नीतिले व्यवस्थापकहरुलाइ आफसंग तल्लो तहका कर्मचारीसंगको प्रेम सम्बन्धलाई बर्जित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News