भाेजपुर प्रहरीद्वारा बालबालिकालाई खाद्यान्य वितरण


 


police-samanभाेजपुर, भदाै ७

जिल्ला प्रहरी कार्यालय भाेजपुरले भिन्न क्षमता भएका बालबालिकाहरुलाई खाद्यान्य सामाग्री वितरण गरेकाे छ । ‘प्रहरी मेरो साथी’ कार्यक्रम अन्तर्गत भाेजपुर नगरपालिका १० टक्सारस्थित यशोधारा उच्च माविले संचालन गरेको विशेष शिक्षा कार्यक्रमका सुस्त मनस्थिति श्रोत कक्षामा रहेका भिन्न क्षमता भएका बालबालिका आश्रममा पुगेर सामाग्री वितरण गरेकाे हाे ।

आश्रममा रहेका ९ जना भिन्न क्षमता भएका बालबालिकाहरुलाई खाद्यान्य सामाग्री चालम ६० केजी, दाल -३ केजी, चिउरा पाँच केजी, तेल पाँच लिटर, नुन १० केजी, चाउचाउ १ कार्टुन, चक्लेट २ प्याकेट, बिस्कुट ४ प्याकेट (४८ पिस)  बितरण गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायब उपरिक्षक राज कुमार लम्सालले सामाग्री वितरण गरेका हुन् ।

वितरण गरिएकाे सामाग्री विद्यालयका शिक्षक तथा सुस्त श्रवण कक्षाका प्रमुख दिपेन्द्र श्रेष्ठले बुझेका थिए । यहाँ रहेका  बालबालिकाहरुको हौसला उच्च राख्न सामाग्री वितरण गरिएकाे प्रहरी प्रमुख लम्सालले बताए । यी समाग्री पाएपछि बालबालिका खुसी भएका थिए ।

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्