शिवसेनाले छोड्यो मोदीको साथ, ठूलै मन्त्रीले दिए राजीनामा


 



एजेन्सी
भारतको केन्द्रीय सरकारका मन्त्री अरविन्द सवन्तले राजीनामा दिएका छन् । शिवसेना पाटीका तर्फबाट मन्त्री बनेका सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका हुन् । लोकसभाका सांसद रहेका सावन्त मोदी सरकारमा ठूला उद्योग मन्त्री रहेका थिए ।

यो संगै शिवसेनाले विजेपीको साथ छोडेको छ । उनले यो समयमा केन्द्रीय सरकारमा रहने वातावरण नभएको ट्वीटमार्फत जनाएका छन् । शिवसेनाले अब महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्