क्लोज क्याम्पमा राखिएका खेलाडी कसरी पुगे नाइट क्लव ? जहाँ उनीहरु डिस्कोमा मात्रै झुमेनन्


 



काठमाडौं, मंसिर १
विश्वकप छनोट लेल्न शनिबार भुटान उड्नुपर्ने राष्ट्रिय फुटबल टीमका खेलाडी शुक्रबार राति ठमेलका नाइट क्लवमा पुगे ।

यसरी नाइट क्लवमा पुग्नेमा राष्ट्रिय टीमका स्ट्राइकल विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी हुन् । नाइट क्लवमा पुगेका खेलाडीलाई निलम्बन पनि गरिसकेको छ ।

भुटान उड्नुको अघिल्लो दिन राति नै ठमेलमा बरालिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाई निलम्बन गरेको हो । एन्फाकाअनुसार उनीहरु भुटान उड्नुको अघिल्लो दिन घरबाट सामान ल्याउन जाने वाहानामा सोही राति ठमेलको नाइट क्लवमा पुगेका हुन् ।

उनीहरु अबेर रातिसम्म ठमेलका विभिन्न क्लवहरुमा चहारेका थिए । ठमेलमा उनीहरु रातभर मदिरामा लठ्ठ भएर डिक्कोमा झुमेका मात्रै होइनन्, मोटरसाइकल दुर्घटनामासमेत परे । उनीहरु राति २ बजे एन्फा कम्प्लेक्समा पुगेका थिए । शुक्रबार उनीहरु सागको क्लाव क्याम्पमा थिए ।

उनीहरु यसअघि पनि पटक पटक क्लवहरुमा जाने गरेको खुलेको छ । एन्फाका प्रवक्त किरण राईले खेलाडीको सेवा सुविधाका लागि लागिरहेको बेला खेलाडीले उल्टै क्लाज क्याम्प छोडेर नाइट क्लवमा पुग्नु दुखद रहेको बताए ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्