शुल्क बढेको विरोधमा बिद्यार्थी आन्दोलित


 


संखुवासभा, भदौ ८

संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखि क्याम्पसमा शुल्क बढेको भन्दै बिभिन्न बिद्यार्थी संगठनहरुले आप्पति जनाएका छन । क्याम्पसमा रहेका बिभिन्न बिद्यार्थि संगठनहरुले आज संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै आप्पती जनाएका हुन ।

केहि बर्ष अगाडि बिभिन्न बिद्यार्थि संगठन,क्याम्पस संचालक समिति र क्याम्पस प्रशासन बिच प्रत्येक बर्ष १० प्रतिशतले शुल्क बृद्धि गर्ने सहमति भएपनि यो बर्ष १० प्रतिशत भन्दा बढि शुल्क बृद्धि भएको बिद्यार्थि संगठनहरुले जनाएका छन । बिगतमा भएको सहमति लाई उल्लघन गरी बिद्यार्थि संगठनहरुलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको उनिहरुले बिज्ञप्ती मार्फत आरोप लगाएका छन ।

जारी बिज्ञप्तीमा क्याम्पस प्रशासनले आफु गरेको शुल्क बृद्धि फिर्ता गर्न २४ घण्टा भित्रमा संचालक समितिको बैठक बसेर तुरुन्त फिर्ता लिन अल्टीमेटम दिएका छन । नेपाल बिद्यार्थि संग बरुण इकाई कमिटि,अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थि युनियन बरुण क्याम्प कमिटि र अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थि युनियन क्रान्तिकारी बरुण इकाई कमितिले हस्ताक्षर गरेको बिज्ञप्तीमा १०प्रतिशत भन्दा बढि गरीएको शुल्क बृद्धि फिर्ता नभए अझ कडा आन्दोलनमा उत्रने चेतावनि दिएका छन ।

यता बिद्यार्थि संगठनले २४ घण्टाको अल्टिमेटम दिएपनि क्याम्पस प्रसासनले आउदो शुक्रबारलाई सञ्चालक समितिको बैठक बोलाएको छ । भोलि सार्बजनिक बिदा भएका कारण बैठक बस्न नसक्ने जनाउदै क्याम्पस प्रसासनले यस मागमा क्याम्पस प्रसान सकारात्म रहेको क्याम्प प्रमुख टिकाराम गुरुगले बताउनु भयो ।

आफु खुसि यस्तो निणर्य गर्नले गरीब बिद्यार्थिहरु मारमा पर्ने भएकोले आफुहरुले बिज्ञप्ती निकाल्नु परेको अनेरास्ववीयु का हेमराज निरौलाले बताए । त्यस्तै बिगतमा भएको सहमति अनुसार १० प्रतिशत भन्दा बढि बुल्क बृद्धिले बिद्यार्थि मारमा पर्ने भएकोले यो कुनै पनि हालमा आफुहरुलाई स्विकार्य नहुने नेविसंघका कुमार बिश्वकर्माले बताए ।

प्रकाशित मिति: ८ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्