८ जना मन्त्री आउट, नयाँ ९ जना नियुक्त, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? सूचिसहित


 


काठमाडौं, मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् उनले मन्त्री दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । यस्तै मन्त्री तीन राज्यमन्त्री नियुक्त गरेका छन्

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर कार्यविभाजन गरेकोजानकारी दिएको । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बिहीबार विहान सपथग्रहण हुनेछ

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेताभानुभक्त ढकाललाई दिएका छन् कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको । यादव हाल भारत भ्रमणमा छन्

ओलीले भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिलाबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन्  पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए

यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव कृषिराज्यमन्त्री रामकुमारीचौधरीलाई पनि हटाइएको

कोको भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी पार्वत गुरुङ, लेखराज भट्ट रामेश्वरराय यादवलाई मन्त्री नियुक्त गरेका छन्

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री बने रामेश्वर राय श्रम लेखराज भट्ट उद्योगमन्त्री बनेका छन्

यस्तै माेती दुगड, नवराज राउत रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य रामवीरलाईसहरी विकासको जिम्मेवारी दिइएको

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्रीवर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइयादव, खानेपानीमन्त्री विना मगर युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन्

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्