स्वास्थ्य चाैकीमा कर्मचारी नहुँदा भाेजपुरका सेवाग्राही मारमा


 


भोजपुर, भदाै ९

भोजपुरको पूर्वी श्यामशिला गाविसको स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् ।

कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी ममता राई कार्यालयमा कहिल्यै नआउने गरेको श्यामशिलाका सामाजिक परिचालक लक्ष्मण कार्कीले बताए । बाँकी तीनवटा दरबन्दी खाली रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

कार्यालयमा कर्मचारी नहुँदा सामान्य बिरामी पनि ४ घन्टाको बाटो धाएर सदरमुकाम भोजपुर आउन बाध्य भएको स्थानिय सङ्गीता तामाङले गुनासो गरे । यसैबीच, श्यामशिलाकै दुईजना कर्मचारी भएको पशुसेवा केन्द्रमा पनि कार्यालय नखुल्दा सेवाग्राही मारमा परेका छन् । पशुसेवा केन्द्र प्रमुख कोयम अन्सारी र कार्यालय सहयोगी दिलान राई लामो समय कार्यालय नआउँदा सेवा प्रभावित भएको सामाजिक परिचालक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: ९ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्