शिवसेनाको प्रयास असफल, भाजपाले नै मार्यो महाराष्ट्रको मुख्यमन्त्रीमा बाजी



एजेन्सी
भारतको महाराष्ट्रको दोस्रो ठूलो दल शिवसेनाले आफ्नो नेतृत्वमा सरकार बनाउने योजना असफल भएको छ । एक दिनअघि काँग्रेस र एनसीपीसंग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भएपनि अन्तिममा दुबै दलले भाजपालाई साथ दिएपछि शिवसेनाको योजना असफल बनेको हो ।

भाजपा महाराष्ट्रका लागि ठूलो दल बनेपनि बहुमत ल्याउन सकेको थिएन । तर,कांग्रेस र एनसीपीको साथ पाएपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणबिसले शपथ लिएका छन् ।

फडणबीस फेरि एकपटक मुख्यमन्त्री बनेका हुन् । एनसीपीका नेता अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । यसअघि एक दिनअघि मात्रै शिवसेना, एनसीपी र कांग्रेस नेताबीच शिवसेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने सहमति बनेको थियो ।

भाजपासंग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसीपी र कांग्रेससंग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News