क्यान अध्यक्षमा कुँवर विजयी, सदस्यमा सुनैनाको बर्चश्व


 



काठमाडौं, मंसिर ८
सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् ।

शनिबार राति सम्पन्न मत गणनामा प्रतिशपर्धी सुनैना पाण्डेलाई ५६ मतले पराजित गर्दै कुँवर विजयी भएका हुुन् । कुँवरले कुल सदर मतको ५६÷१ प्रतिशत (पाँच सय) मत प्राप्त गरेका छन् भने पाण्डेको पक्षमा ४४४ मत खसेको छ ।

सदस्यहरुमा भने संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डेको नेतृत्वको पानलले जित हात परोको छ । संस्थागत सदस्यतर्फ पाण्डे प्यानलका अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् ।

यस समूहमा महिलातर्फको सदस्य पदमा रेभा राजभण्डारी, ससरित सिंह कायस्थ र सर्मिला भुजेल निर्विरोध भएकी छन् । त्यस्तैगरि आजीवन सदस्स्यतर्फ पाण्डे समूहकै हेमपाल श्रेष्ठ, समनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् ।

संस्थागत आजीवन सदस्य समूहमा भने कुँवर प्यानलले जित हात पारेको छ । जसमा डा. पवनकुमार शर्मा, नवीवन जोशी र राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।

प्रदेश समूहतर्फ गण्डकीमा सुनैना प्यानलका जगनबहादुर गुरुङ, कृष्ण पौडेल विजयी एका छन भने प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल र भानु शर्मा निर्वाचित भएका छन् । बाँकी अन्य प्रदेशमा कुँवर प्यानलका उम्मेदवार यसअघि नै निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्