प्रधानमन्त्रीले नै घुस खाए ! लाग्यो यस्तो आरोप


 



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि घुस खाएको आरोप लागेको छ । त्यहाँका महान्यायाधिवक्ता अभिखाई मण्डब्लिटले आफ्नै प्रधानमन्त्ती नेतान्याहुमाथि घुस खाएको आरोप लगाएका हुन् ।

नेतान्यायहुले निष्ठा त्यागेर जालझेलसमेत गरेको उनको आरोप छ । आफ्नो निष्ठा छोडेर धनाड्य व्यापारीको उपहार लिएको र आफ्नो पक्षमा मिडियामा समाचार लेखाएको आरोप पनि प्रधानमन्त्री नेतात्याहुमाथि लागेको छ ।

महान्यायाधिवक्ता मण्डब्लिटले प्रधानमन्त्री पनि कानूनी दायरामा आउनुपर्ने भन्दै सजायको माग गरेका छन् । उता प्रधानमन्त्री नेतान्याहुले भने सरकारी कर्मचारी सत्यको पछि नलागेर आफ्नो पछि लागेको भन्दै आरोपको खण्डन गरेका छन् ।

उनले आफूमाथि ‘कू’ को षड्यन्त्र गर्न खोजिएको जिकिर गरेका छन् । उनले अनुसन्धानकर्तामाथि नै अनुसन्धान गर्नुपर्ने भनेका छन् । प्रधानमन्त्री नेतान्याहुमाथि गम्भीर प्रकृतिका आरोपहरु बेलाबेलामा लाग्दै आएका छन् ।-एजेन्सी

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्