एकै पटक एक सय ४१ शिक्षक विस्थापित


 



तानसेन, मैसिर १३
पाल्पामा नयाँ शिक्षक आएपछि एकै पटक एक सय ४१ शिक्षक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि पूराना शिक्षक विस्थापित भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाई कार्यालय पाल्पाले विहीबार पूराना शिक्षक विस्थापित गर दुई सय ६१ शिक्षकलाई नियुक्ति गरेको शिक्षा वकास विकास तथा समन्वय एकाई प्रमुख रमेशराज पौडेलले बताए ।

त्यस्तै, बाँकी ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएका छन् भने बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएको उनले बताए ।

उनकाअनुसार रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिकाम ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहराा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेशागत संघ संगठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएकोृ हो ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्