उत्तर कोरियाले गर्यो अर्को मिसाइल प्रक्षेपण, अमेरिकाबारे बोले किम जोङ


 


उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षपण गरेको छ । पहिचान नभएको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । मिसाइल प्रक्षेपण विहीबार मध्यान्ह भएको हो । मिसाइल प्रक्षेपण भए नभएकोबारे पनि पहिचान भएको छैन ।

यदि मिसाइल पहिचान भए मे महिना यता यो १३ औं मिसाइल परीक्षण हुनेछ । अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तर कोरियाले अर्को प्रक्षेपण गरेको हो । त्यसो त हालै उत्तर कोरियाका नेता किमजोङले अमेरिकासंग वार्ता गर्ने कुनै इच्छा नभएको बताएका थिए ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्