विद्यालय व्यवस्थापन समिति गठन


 


jalpa ma biसुदीप अधिकारी
भोजपुर, भदौ १०

भाेजपुरकाे चाैकीडाँडाँ गाविसस्थित जाल्पा उच्च मावि र जयकला प्राविमा विद्यालय ब्यबस्थापन समिति गठन भएको छ। बिद्यालय ब्यबस्थापनमा समितिमा आकांक्षी धेरै भएपछि जाल्पा उच्च माविमा निर्वाचन भएकाे थियो भने जयकला प्राविमा भने सर्बसम्मतिबाटै समिति निर्माण भएको हाे।

जाल्पा उच्च माबिमा शिव बहादुर अधिकारी समितिको अध्यक्षमा चुनिएका छन् भने जयकला प्राबिको अध्यक्षमा यज्ञ कार्की छानिएका छन् । शिव बहादुर अधिकारी अघिल्लो समितिमा सदस्यको रुपमा काम गरिसकेका सोही बिद्यालयका पूर्व शिक्षक हुन्।

शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार गत महिना जिल्ला शिक्षा कार्यालय भोजपुरबाट निर्देशन प्राप्त भए अनुसार गठन प्रकृयामा गएको जाल्पा उच्च माबिको बिद्यालय ब्यबस्थापन समिति सदस्यमा जनक कुमार राई, लोक बहादुर कटुवाल, गोमामाया राई, मुना घले र लीला राई चुनिनुभएको कुरा प्राचार्य बीरेन्द्र राईले बताए। शिक्षक प्रतिनिधिको तर्फबाट प्राचार्य बीरेन्द्र राईनै रहेका छन् ।

jayakala pra biयस्तै जयकला प्राबिको बिद्यालय ब्यबस्थापन समितिको नबनिर्बाचित सदस्यमा बिमल बुढाथोकी, हिरा कार्की, चन्द्रकला मगर, गङगाबहादुर घले र चन्द्रकला खड्का चुनिएका छन्। शिक्षा ऐनको आठौँ शंशोधनले गरेको नयाँ ब्यबस्था अनुसार अब अभिभाबकको बहुमतले कम्तिमा २ महिला सहित ४ जना सदस्य मनोनित गर्ने वा निर्बाचित गर्ने ब्यबस्था गरेको छ।

त्यो ४ जनाको समुहले कम्तिमा १ महिला सहित जम्मा २ जना अरु सदस्यको मनोनयन गर्नुपर्नेछ। सो ६ जनाको समुहले समितिको अध्यक्ष छान्ने ब्यबस्था गरेको छ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्