१३ औं सागमा कुन देशले कति पदक तिजे ? (तालिकासहित)


 



काठमाडौं, मंसिर १७
काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतियोगिता सुरु भएको दोस्रो दिनमा पदक विजेतमा नेपाल अगाडि छ ।

पदक संख्याका हिसावले नेपाल र श्रीलंकाले २४/२४ पदक जितेपनि स्वर्ण पदकमा नेपाल धेरै अगाडि छ । नेपालले १५ स्वर्ष जित्दा श्रीलंकाले जम्मा तीन स्वर्ण मात्रै जितेको छ । त्यस्तै, नेपालले तीन रजत र छ कास्य जित्दा श्रीलंकाले सात रजत र १४ कास्य पदक जितेको छ ।

भारतले पनि तीन स्वर्णसहित १४ पदक जितेको छ । जम्मा पदक संख्याका हिसावले भारत भन्दा बंगलादेश अगाडि भएपनि बंगलादेशले दुई स्वर्ण मात्रै जितेको छ । बंगलादेशले दुई स्वर्णसहित जम्मा १८ पदक जितेको छ ।

दुई स्वर्णसहित पाकिस्थानले जम्मा १३ पदक जितेको छ । भुटानले अहिलेसम्म एक कास्य पदक जितेको छ । माल्दिभ्सले भने अहिलेसम्म कुनैपनि पदक जित्न सकेको छैन ।

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्