२९ स्वर्णसहित नेपालको अग्रता कायमै


 


काठमाडौ , मङ्सिर १९
१३ औं दक्षिण एशियाली खेलकुदको पदक तालिकामा नेपालको अग्रता कायमै छ । बुधबारसम्मको पदक तालिकामा २९ स्वर्णसहित नेपालले कुल ६२ पदक जितेको छ ।
यसपटक जितेको स्वर्णसहित नेपालले साग इतिहासमा १ सय स्वर्ण जितेको छ ।
दोश्रो स्थानमा रहेको भारतले २३ स्वर्णसहित ५४ वटा पदक जितेको छ । ८ स्वर्णसहित पाकिस्तानले ३६ पदक जितेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्