नवनिर्वाचित मेयरले सम्हाले कार्यभार


 


धरान,मंसिर १८
धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए । नवनिवर्चित मेयर राईले बुधबार पदभार ग्रहण गरेसँगै राजश्वका दरहरुप्रति जनताको गुनासोलाई सम्बोधन गर्न अध्ययन गरेर सुझाव पेश गर्नको लागि बिशेषज्ञ समेटेको कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेका छन् ।

पाँचौ नगरसभाले पारित गरेर लागु गरेको आर्थिक ऐन २०७६ को केही राजश्वका दरहरुप्रति अस्पष्ट र व्यापक गुनासो देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन बिशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्