माेटरसाइकलकाे ठक्करबाट एककाे मृत्यु


 


 

संखुवासभा, भदाै १२

मोटरसाइलको ठक्करबाट खाँदबारीमा एक ज्यान गएको छ । अाइतबार बिहान नुम सडक खण्डको लविङ्गहिल नजिक जिल्ला कृषि विकास कार्यालय अगाडी बाइकले ठक्कर दिदा खाँदबारी नगरपालिका ८ कि मुगादेवी खतिवडाको ज्यान गएको हो ।

झरीथुम्का मन्दिरमा दर्शन गर्नको लागि जादै गरेकी खतिवडालाई ताप्लेजुङ्ग पापुङ्ग घर भई संखुवासभाको दिदिङ्ग गा.वि.स. वडा नं. ०५ वस्ने वर्ष ५३ को पूर्ण वहादुर सावा लिम्बुले चलाएको मे. ५ प. ७१९१ नं. को डिस्कोभर मोटरसाइकलले ठक्कर दिएको हो । ठक्कर पश्चात गभ्रि घाइते भएकि खडिवडाको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारमिा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खाँदबारीले जनाएको छ ।

निज सवारी चालकलाई तथा सवारी साधन प्रहरीको नियन्त्रणमा राखि सवारी ज्यान मुद्धा सम्वन्धि अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक गौतम कुमार केसिले जानकारी दिए ।

प्रकाशित मिति: १२ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्