गौरीकाको अर्को कीर्तिमान: एकै सागमा जितिन् चार स्वर्ण



काठमाडौं, मंसिर २३
पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा एक अर्को कीर्तिमान राखेकी छन् । उनले आज १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै एकै सागमा चार स्वर्ण बिनाएकी छन् ।

गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा अहिलेसम्म ४९ वटा स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News