उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘जाली बूढा’ भनेपछि…


 


एजेन्सी, मंसिर २३

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाईविचारहीन जाली बूढाभनेको छ । सोमबार बरिष्ठ कोरियाली अधिकारी किमयोङ चोलले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई विचारहीन जाली बूढा भनेका हुन् ।

यसअघि ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किमजोङ उनले दुई नेताबीचको विशेष सम्बन्धलाई यत्तिकै टुक्राउन खराब काम गरी अमेरिकी राष्ट्रपति निर्वाचनलाई असर गर्न नचाहनेबताएका थिए । विज्ञप्तिमा चोलले उत्तर कोरियासँग गुमाउन केही पनि नभएको भन्दै अमेरिकाको कुनै पनि दबाबले आफ्नो देशलाई असरनगर्ने बताएका छन् ।

साथै ट्रम्प प्रशासनले आणविक वार्ताका लागि किमले तय गरेको समयअवधि भन्दा अघि झुलाउने निर्णय गर्नलागेको भन्दै आरोपसमेत लगाएका छन् ।

भियतनाममा गत फेबुवरीमा ट्रम्प किमबीच भएको आणविक वार्तामा उत्तर कोरियालेअमेरिकी आणविक हतियार आत्मसमर्पण गर्न माग गरेपछि अमेरिकी टोलीले अस्वीकार गरेको थियो । त्यसयता दुई नेताबीच खटपटबढेको हो ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्