भाेजपुरका एक युवाकाे हत्या


 


संखुवासभा, भदाै १२

संखुवासभाको खाँदबारीमा धारिलो हतियार प्रहारबाट एक जनाको ज्यान गएको छ । खाँदबारीमा नै मजदुरी पेसा गदै आएका भोजपुर खाटाम्बा १ का सुवास तामाङलाई मजदुरी पेसा नै गदै आएका संखुवासभाको नुमका सुुरज याम्फुले हत्या गरेको प्रहरी नायब उपरीक्षक गौतम कुमार केसिले जानकारी दिए ।

तामाङ र याम्फुको फोनको कुराकानी सम्वन्धमा विवाद श्रृजना भएपछि तामाङ्ग सुतेको अवस्थामा याम्फूले धारीलो हतियार प्रहार गरेकाे प्रहरीकाे भनार्इ छ । हतियार प्रहारबाट घाइते तामाङकाे उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा ज्यान गएको हो । अभियुत याम्फु फरार रहेको डिएसि केसिले बताए ।

प्रकाशित मिति: १२ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्