सागका पदकधारीलाई नगद पुरस्कार


 


काठमाडौं, मंसिर २५
प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सरकारका तर्फबाट नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका खेलाडी माझ प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो ।

बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्। प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा प्रधानमन्त्रीले गर्र्नु भएको हो ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्