सागमा पदक जित्ने खेलाडीलाई प्रदेश–१ सरकारले नगदसहित सम्मान गर्ने


 


विराटनगर, मंसिर २५
प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।

प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको हो ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्